एजेन्सी, पुस १४ ।
अमेरिकी विदेश मन्त्री जोन केरीले प्यालेस्टाइन सीमामा अवैध बस्ती भत्काउन संयुक्त राष्ट्र संघले गरेको निर्णयमा आफ्नो देशले गरेको समर्थनको बचाउ गरेका गर्नु भएको छ ।
सुरक्षा परिषद्मा केरीले इजरायल र प्यालेस्टाइनलाई हुनसक्ने ठूलो क्षतिबाट बचाउन यहुदी वस्ती भत्काउने निर्णयको समर्थन गरेको बताउनु भएको हो ।
उहाँले सुरक्षित इजरायल र व्यवहारिक प्यालेस्टाइन विना इजरायलले कहिल्यै शान्ति हासिल गर्न नसक्ने बताउनु भयो । दुई देशलाई गम्भीर नोक्सानीबाट जोगाउनका लागि प्रस्ताव पारित गरिएको उहाँको भनाई छ ।
यसअघि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेत्यान्याहुले प्यालेष्टायन सीमामा अवैध बस्ती भत्काउन संयुक्त राष्ट्रसंघले दिएको आदेश लज्जास्पद भएको बताउनु भएको थियो ।
इजरायलले सन् १९६७ मा पश्चिमी किनारा र पूर्वी जेरुसेलम कब्जा गरेको थियो । त्यसयता निर्माण भएका १ सय ४० वस्तीमा करिब पाँच लाख यहूदीहरु बसोबास गर्दै आएका छन् ।