७५ वर्ष पछि पर्ल हार्वरमा पुगेका जापानी प्रधानमन्त्रीद्धारा अमेरिकी सैनिकप्रति श्रद्धान्जली

७५ वर्ष पछि पर्ल हार्वरमा पुगेका जापानी प्रधानमन्त्रीद्धारा अमेरिकी सैनिकप्रति श्रद्धान्जली

  • बुधबार, पुस १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

एजेन्सी पुस १३ ।
जापानका प्रधानमन्त्री शिन्जु आबेले अमेरिकी नौ सैनिकको बेस क्याम्प पर्ल हार्बरको भ्रमण गर्नुभएको छ । जापानी प्रधानमन्त्री आबेले अमेरिकी राष्ट्रपति बाराक ओवामा सँगै पर्ल हार्बरको भ्रमण गर्नु भएको हो ।

भ्रमणका क्रममा प्रधानमन्त्री आबेले विगतमा भएका युद्ध जस्ता घटनाहरु अव कहिल्यै आफूहरु नदोहोर्याउने भन्दै ७५ वर्षअघि भएको घटनामा ज्यान गुमाएका सैनिकप्रति श्रद्धाञ्जली व्यक्त गर्नू भएको छ ।

जापानले ७५ वर्षअघि दोस्रो विश्व युद्धको क्रममा सन् १९४१ को सेप्टेम्बर ७ मा पर्ल हार्बरमा रहेको अमेरिकी नौसैनिकको समुद्रिक अड्डामा आक्रमण गरेको थियो । त्यस वेला जापानका तीन सय ५३ लडाकु विमानले एक घण्टा १५ मिनेटसम्म आक्रमण गरेर ध्वस्त पारेको थियो ।

उक्त आक्रमणमा २४ सय तीन अमेरिकी सैनिकको ज्यान गएको थियो । यस्तै ८ सैनिक पानी जहाजसहित १९ पानी जहाज नष्ट भएका थिए ।

यसैगरी तीन सय २८ अमेरिकी लडाकु विमान या त नष्ट भएका थिए या क्षतिग्रस्त भएका थिए । यो दोस्रो विश्व युद्धको क्रममा जापानले अमेरिकी भूभागमा गरेको पहिलो आक्रमण थियो ।

७५ वर्षपछि पहिलो पटक जापानका प्रधानमन्त्रीले पर्ल हार्बरको भ्रमण गर्नुलाई दुई देशबिचको सम्बन्ध सुधारको अर्को महत्वपूर्ण कडीको रुपमा हेरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी