एजेन्सी १३ पौष ।
क्युबामा पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोको नाममा कुनै पनि किसिमका भवन, स्मारक, सडक अथवा सालिक नबन्ने भएको छ । पूर्वराष्ट्रपति क्याष्ट्रोका नाममा कुनै पनि सम्पदा नबन्ने प्रस्ताव त्यहाँको संसदको बहुमतले पारित गरेको हो ।
इतिहासमै सबैभन्दा लामो शासन चलाएका क्यास्ट्रोको गत महिना ९० वर्षको उमेरमा निधन भएको थियो । क्युबाका राष्ट्रपति राहुल क्याष्ट्रोले आफ्नो दाई पूर्वराष्ट्रपति फिेडेल क्यास्ट्रो व्यक्ति पूजाको विरुद्धमा रहेकाले उहाँकै खास आग्रहमा उक्त प्रस्ताव संसदमा लगिएको बताउनु भयो ।
फिडेल क्यास्ट्रोकै नेतृत्वमा सन् १९५९ मा अमेरिकाको सहयोगमा बनेको अधिनायकवादी सरकारलाई क्युबाबाट हटाउन सफल भएको थियो । क्यास्ट्रो क्युबामा कुशल शासकका रुपमा परिचित छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline