हवाई जहाजमा हंगामा गरेमा करेन्ट लगाउने दक्षिण कोरीयाको निर्णय !

हवाई जहाजमा हंगामा गरेमा करेन्ट लगाउने दक्षिण कोरीयाको निर्णय !

  • मङ्लबार, पुस १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

एजेन्सी पुष १२ । दक्षिण कोरीयाको एयरलाईन्सले हवाई यात्राका क्रममा जहाजमा हंगामा गर्ने यात्रुलाई हाईभोल्टेज करेन्ट लगाउन स्टन गन प्रयोग गर्ने निर्णय गरेको छ ।
एयरलाईन्सले अब तत्कालै आफ्ना क्रु मेम्बरहरुलाई स्टनगन प्रयोगको तालिम दिने घोषणा गरेको छ ।
यो गन फायर गरे पछि पातलो तार निस्कने र त्यससले टारगेटमा लागे पछि हाईभोल्टेज करेन्टका कारण यात्रु करीब २५ मिनट सम्म बिहोस हुन सक्छ । अमेरीकी गायक रिचर्ड माक्र्सले फेसबुक तथा ट्वीटरमा कोरीयन क्रु मेम्बर यति कमजोर छन् कि उनीहरु जहाजमा हुने कुनै पनि घटनालाई नियन्त्रण गर्न नसक्ने रहेछन् भनेर लेखे पछि एयरलाईन्सले यस्तो निर्णय लिएको हो ।
केही दिन अघि माक्र्स आफ्नी श्रीमतिका साथ भियतनामबाट दक्षिण कोरीया गईरहेका बेला एक यात्रुले हंगामा मच्चाए पछि तनावमा परेका थिए । सोही बेला क्रु मेम्बरले उनलाई नियन्त्रणमा लिन नसके पछि एक यात्रुसगँ मिलेर माक्र्संले ती व्यक्तिलाई डोरीले बाधेका थिए । तर ती व्यक्तिले तीन पटक डोरी चुडाएका थिए ।

यस्तो घटना पटक पटक हुने गरेको एयरलाईन्सले बताएको छ । उनको हंगामाको फुटेजबाट पनि पुष्टी भएको एयरलाईन्सले जनाएको छ । पछि ती हंगामा गर्ने व्यक्तिले माफी माग्दै मैले जहाजमा के गरे मलाई नै थाहा छैन माफ पाउ भनेका छन् तर पनि यात्रुहरुले दुखः भने पाउनु सम्म पाएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी