चीनले अहिले सम्मकै अध्याधुनिक स्टेल्थ फाईटर जेटको परीक्षण गर्यो

चीनले अहिले सम्मकै अध्याधुनिक स्टेल्थ फाईटर जेटको परीक्षण गर्यो

  • सोमवार, पुस ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

एजेन्सी पुष ११ ।  चीनले सोमबार अहिले सम्मकै शक्तिशाली फिप्थ जेनेरेसनको स्टेल्थ फाईटर जेटको परीक्षण गरेको छ ।
चीनीया अखबार चाईना डेलीका अनुसार एफसी ३१ नामक उक्त जेट २०१२ मा विकास गरिएको जे ३१ भन्दा निकै छरितो , भारी मात्रामा हतियार बोक्न सक्ने र डवल ईन्जिन सिस्टमको रहेको छ ।
यो हाल सम्म अमेरीकासगँ मात्र रहेको स्टेल्थ एडभान्स फाईटर जेट युएस एफ ३५ जत्तिकै क्षमतासिल रहेको र सैन्य श्रेष्ठताको लागि यसले चीनलाई एक कदम माथि पुर्याउने विज्ञहरुले अनुमान गरेका छन् ।  साथै चीनले युद्धपोतहरुलाई दक्षिणी चीन सागरमा तैनाथ गरेको छ ।
यस प्रति ताईवान र जापानले असन्तुष्टी जनाएका छन् । चीनले यो गस्ती र अभ्यास नियमित भएको प्रतिकृया दिएको छ ।
अमेरीकी नवनिर्वाचीत राष्ट्रपति डोनाल्ड ट्रम्पले एक चीन नीतिको विरोध गर्दै ताईवानी नेतासगँ राष्ट्रपतिको हैसियतमा गरेको टेलिफोन पछि ससकित बनेको चीनले दक्षिणी चीनीया सागरमा आफ्नो मजबुत उपस्थिति स्पष्ट गरेको छ ।
यसले अमेरीका जापान सहितको मिलेमतोमा हुन सक्ने सभावित खतरा रोक्न चीन पूर्ण तयार छ भन्ने सन्देश दिएको विज्ञहरुको भनाई छ ।
३५ लाख किलो मिटर क्षेत्रमा फैलिएको दक्षिणी चीनीया सागर एउटा व्यापारीक मार्ग मात्र नभई ठूलो मात्रामा पेट्रोलियम पदार्थ तथा प्राकृतिक ग्यास भण्डार रहेका कारण पनि आसपासका मुलुकहरुबीच दावी विरोध रहदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी