अवैध बस्ती हटाउने प्रस्ताव पारित भएपछि इजरायल अमेरिकासँग रुष्ट

अवैध बस्ती हटाउने प्रस्ताव पारित भएपछि इजरायल अमेरिकासँग रुष्ट

  • सोमवार, पुस ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौ ११ पौष ।  

प्यालेष्टाइनको सीमामा अवैध इजरायली बस्ती हटाउने प्रस्ताव पारित हुन नदिन अमेरिकाले भिटो प्रयोग नगरी मतदानमा समेत अनुपस्थित भएपछि इजरायल अमेरिकासँग रुष्ट बनेको छ ।

अमेरिकाको सहभागिता बिना संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले प्यालेष्टाइनको सीमामा अवैध इजरायली बस्ती हटाउने प्रस्ताव पारित गरेपछि दुई मुलुकबीचको सम्बन्ध थप चिसिएको हो ।

निर्णयबाट रुष्ट बन्नु भएका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले यस विषयमा छलफलका लागि अमेरिकी राजदूत डेन शापिरोलाई अत्प्रयाशित रुपमा आफ्नो कार्यालयमा बोलाउनु भएको छ ।

विदेशमन्त्री समेत रहेका नेतन्याहुले शुक्रवार प्रस्तावको पक्षमा मतदान गरेका राष्ट्रका राजदूतहरुलाई यसअघि नै कार्यालयमा बोलाइसक्नु भएको छ ।

इजरायलले प्रस्ताव पारित हुनु लज्जास्पद भन्दै राष्ट्रसंघसँगको सम्बन्धको समीक्षा गर्ने पनि जनाएको छ । अमेरिका र इजरायललाई परम्परागत मित्र राष्ट्रका रुपमा हेर्ने गरिन्छ ।

सन् १९६७ मा इजरायलले पश्चिम किनारा र पूर्वी जेरुसेलम प्यालेस्टाइनबाट नियन्त्रणमा लिएको थियो । त्यसबेला देखि यि दुई क्षेत्रमा एक सय ४० बस्तीमा पाँच लाख यहुदी बस्दै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी