विवादास्पद परोपकारी संस्था बन्द गर्ने ट्रम्पको घोषणा

विवादास्पद परोपकारी संस्था बन्द गर्ने ट्रम्पको घोषणा

  • आइतवार, पुस १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौं, पुस १०।
नवनिर्वा्चित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो विवादास्पद परोपकारी संस्था बन्द गर्ने घोषणा गरेका छन् ।
ट्रम्पले राष्ट्रपतिको भूमिकामा कुनै पनि विवाद र द्वन्द्वको वातावरण सिर्जना नहोस भन्ने चाहनाले संस्था बन्न गर्न खोजिएको बताउनु भएको छ ।

तर ट्रम्पले बन्द गर्ने घोषणा गरेपनि उक्त संस्थाको काम कारवाहीबारे अनुसन्धान भइरहेकाले बन्द गर्न नमिल्ने महान्यायाधिवक्ता कार्यालयले जनाएको छ ।

न्यूयोर्कका महान्यायाधिवक्ताले ट्रम्पको संस्थामा गलत कार्य भएको आशंका गर्दै आएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । ट्रम्पले भने उक्त आशंका अस्वीकार गर्नु भएको छ ।

संस्थाले फ्लोरिडाकी महान्यायाधिवक्तालाई रकम दिएको सम्बन्धमा छानबीन चलिरहेको विविसीले जनाएको छ । ट्रम्पले आफ्नो संस्थाले असंख्य राम्रो कामका लागि वर्षौंदेखि लाखौं डलर खर्चेको उल्लेख गर्नु भएको छ ।

दि डोनाल्ड जे ट्रम्प फाउण्डेशन निजी परोपकारी संस्था हो । दि आर्ट अफ डिल नामक पुस्तकको बिक्रीबाट आएको रकमबाट ट्रम्पले सन् १९८७ मा यो संस्था स्थापना गर्नु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी