एजेन्सी पुष ९ । सयुक्त राष्ट्रसघको सुरक्षा परिषद्ले ईजरायलले निर्माण गरेको अवैध बस्ती खाली गराउने प्रस्ताव पारीत गरेको छ । १५ सदस्यीय अस्थायी सुरक्षा परिषद् सदस्य मध्य अमेरीकाले यस पटक ईजरायलको पक्षमा भिटो प्रयोग गरेन , तर उसले मतदान पनि गरेन ।
बाकी १४ सदस्य राष्ट्रहरुले बस्ती खाली गराउने पक्षमा मतदान गरे । मलेशिया , न्युजील्याण्ड, भेनेजुएला र सेनेगलले सयुक्त रुपले ईजरायलले अतिक्रमण गरेर राखेको अवैध बस्ती हटाउने खाका तयार पारेका थिए ।
शुरुमा मिश्रले तयार पारेको यस्तो प्रस्तावलाई ईजरायलले अमेरीकी नवनिर्वाचीत राष्ट्रपति डोनाल्ड ट्रम्पमार्फत फिर्ता गराएका थियो । ईजरायलले निर्माण गरेको अबैध यहुदी बस्तीकै कारण ईजरायल प्यालेष्टाईनबीच हिशाको कारण बन्दै आएको छ ।

ईजरायलले सन् १९६७ पनि पश्चिीमी जेरुसेलम कब्जा गरेर १ सय ४० बस्तीमा यहुदीहरु राखेको थियो । हाल करीब ती बस्तीहरुमा ५ लाख यहुदी बस्ने गरेको बताईएको छ ।
यसैबीच लामो समय ईजरायलको पक्षमा वकालत गर्दै आएको अमेरीकालय यस पटक आलोचना गरेको छ । राष्ट्रसघंका लागि अमेरीकी राजदुत समाथां पावरले जमीनमा अधैब बस्ती बढेको देखिएको भन्दै ईजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्हुको बस्ती बिस्तार योजनाको आलोचना समेत गरेका छन् ।
प्यालेष्टाईनमाथि हतियारको बलमा दमन गर्दै आएको ईजरायलमाथि यो प्रस्तावले अन्तराष्ट्रिय दवाव बढेको छ ।