एजेन्सी ८ पौष ।
लिबियाको एक यात्रु बाहक विमान अपहरण भएको अशांका गरिएको छ ।
एक सय १८ जना यात्रु बोकेर उडेको अफ्रिकियन एअरवेजको एयर बस ए ३२० लाई माल्टामा जबरजस्ती अवतरण गर्न लगाएको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।
विमानमा सवार दुईजना अपहरणकारीले विमानमा बम भएको धम्की दिदै विमान अवतरण गर्न लगाएका थिए । अपहरणकारी एक जनासँग हाते ग्रीनेड समेत भएको बताइएको छ ।
अपहरण के–का लागि गरिएको भन्ने अहिलेसम्म खुलेको छैन । माल्टाका प्रधानमन्त्री जोसेफ मस्कटले अपहरित विमान मुक्त गराउनका लागि सुरक्षा तैनाथी तयारी अवस्थामा रहेको बताउनु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline