जर्मनी प्रहरीले लरी घटनामा संलग्नको तस्वीर सार्वजनिक गरी वारेन्ट जारी गर्यो

जर्मनी प्रहरीले लरी घटनामा संलग्नको तस्वीर सार्वजनिक गरी वारेन्ट जारी गर्यो

  • बिहिबार, पुस ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

एजेन्सी , पुस ७ ।
जर्मनीको बर्लिन शहरस्थित एक व्यस्त बजारमा जथाभावी लरी चलाई १२ जनाको ज्यान लिएको घटनामा संलग्न संदिग्धको तस्बीर प्रहरीले सार्वजनिक गरी वारेन्ट जारी गरेको छ ।

ट्युनिशियाका अनिश नाम गरेका एक व्यात्तिको आज प्रहरीले तस्वीर सार्वजनिक गरेको हो । उनले सन् २०१२ मा इटली सन् २०१५ मा जर्मनी प्रवेश गरेको अनुसन्धानबाट खुलेको छ ।

जर्मनीमा शरणका लागि निवेदन दिएका अनिशको नाममा रहेको रेसिडेन्स पर्मिट लरीमा भेटिएपछि घटनामा उनको संलग्नताको खुलासा भएको बिबिसिले जनाएके छ ।

उनले लरी चालक पोलिस नागरिक ल्यकाज उर्बानको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ ।

यसै साता जर्मनीको बर्लिनको क्रिसमस बजारमा जथाभावी लरी चलाउँदा १२ जना मारिनुका साथै ४८ जना घाइते भएका थिए ।

घटनाको जिम्मेवारी इस्लामिक अतिवादी समूह आईएसले लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी