एजेन्सी पुष ७ । भारतको असम राज्यमा पाकिस्तानी क्रिकेट स्टार शहीद अफ्रीदीको नाम लेखिएको एउटा टिसर्ट लगाएकै आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।
२१ वर्षका रिपोन चौधरी नामका ती युवालाई एक खेलको दौरान प्रहरीले पक्राउ गरेको हो ।
यसैबीच आफ्नो फ्यानलाई पक्राउ गरिएकोमा असन्तुष्टी जनाउदै क्रिकेटर अफ्रीदीले चौधरीको रिहाईका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गर्ने बताएका छन् ।
उनले टिसर्ट लगाएको भरमा गिराफ्तार गर्नु लज्जास्पद भएको टिप्पणी समेत गरेको पाकिस्तानी अखबार जंगले बताएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
