यी २३ बर्षे युवतीको हत्या गर्नेलाई १० लाख डलर दिने आईएसको घोषणा

यी २३ बर्षे युवतीको हत्या गर्नेलाई १० लाख डलर दिने आईएसको घोषणा

  • बुधबार, पुस ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

एजेन्सी, पुस ६ ।

अन्तर्रा्ष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस) ले डेनमार्ककी नागरिक जोआना पलानीको टाउकोको मूल्य तोकेको छ ।
आईएसले जोआनाको हत्या गर्नेलाई १० लाख डलर दिने घोषणा आईएसले गरेको छ ।
ठूला शक्ति राष्ट्रहरुलाई आतंकित बनाइरहेको आईएस अहिले एक कुर्दिश मूलकी २३ वर्षीया युवतीका कारण आफैं आतंकित भइरहेको छ । कुर्दिश रिभोल्युशनसँग मिलेर उनी आईएसविरुद्ध युद्धमा सहभागी उनी हाल कोपेनहेगनस्थित जेलमा छिन् ।
सन् २०१४ मा विश्वविद्यालयको पढाइ छोडेर सिरिया र इराकमा आईएसविरुद्ध युद्धमा लागेकी उनीविरुद्ध अदालतमा मुद्दा चलिरहेको छ ।
डेनमार्कको कानुनअनुसार त्यहाँका नागरिकले अन्य मुलुकका लागि युद्ध गर्न पाउँदैनन् । उनीमाथि आईएसलाई डेनमार्कको मध्यपूर्वमा स्थापित गरेको आरोप पनि लागेको छ । उनले आफ्नो फेसबुकमा डेनमार्क मै सैन्य तालिम लिएर आईएसविरुद्ध लडेकी भन्दै डेनमार्क र अन्य मुलुकका लागि कसरी खतरा भएँ ? भनेर प्रश्न गरेकी छन् ।
उनलाई आईएसले लगातार धम्की दिइरहेको छ । आईएसले टाउकाको मूल्य तोकेकोमा भने कुनै प्रतिक्रिया जनाएकी छैनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी