एजेन्सी, पुस ५ ।
जर्मनीको बर्लिन शहरस्थित एक व्यस्त बजारमा जथाभावी लरी चलाउँदा किचिएर १२ जनाको मृत्यु भएको छ । घटनामा ४५ जना घाइते भएका छन् ।
क्रिसमस बजारमा चालकले जानीजानी लरी चलाएको अन्तराष्टिय सञ्चारमाध्यममले जनाएका छन् । लरीले मानिस किच्न थालेपछि बजारमा भाडदौड मच्चिदा उनीहरुको मृत्यु भएको हो ।
उक्त लरीलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् भने चालक फरार छन् । जर्मनी सरकारले भने जानी जानी लरी चलाएर हत्या गरिएको हो या दुर्घटना भएको भन्ने एकीन नभएको जनाएको छ ।
घटनामा संलग्न रहेको हुनसक्ने आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको विविसीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline