टर्कीमा रुसी राजदुतको गोली हानी हत्या

टर्कीमा रुसी राजदुतको गोली हानी हत्या

  • मङ्लबार, पुस ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

एजेन्सी ५ पौष ।  

टर्कीमा रुसी राजदुतलाई प्रहरी अधिकारीले गोली हानी हत्या गरेका छन् । राजदुत एन्ड्रे कार्लोफललाई हत्या गरिए पछि रुसले कडा चेतावनी जारी गरेको छ ।

यसलाई रुसी विदेश मन्त्रालयले चरम आतंकवादी हमलाको रुपमा संज्ञा दिएको छ । राजधानी अंकारामा गोली हानिएका राजदुत कार्लोफलाई अस्पतालमा उपचारका लागि भर्ना गरिए पछि मृत्यु भएको थियो ।

एउटा आर्ट ग्यालरीमा प्रहरी परिचय पत्र देखाएर प्रवेश गरेका २२ वर्षे मेलवुत नामक प्रहरी अधिकारीले गोली चलाएका थिए । उनले रुसले सिरीयाको राष्ट्रपति बसर अल असदलाई समर्थन गरेकोमा आक्रमण गरेको बताएका छन् ।

आक्रमण पछि टर्कीका राष्ट्रपति रेचेप तेप अर्दआदानले रुसी राष्ट्रपति भ्लादीमीर पुटिनलाई टेलिफोन गरी हत्याको बारेमा दुखः व्यक्त गर्नु भएको छ ।

उहाले यो आक्रमण दुवै देशबीच सकारात्मक सम्बन्ध बनिरहेका बेला भएको भन्दै यसले दुवै देशको सम्बन्धमा असर नपार्ने बताउनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी