जोर्डनको ऐतिहासिक शहरमा भएको हमलामा परि १४ जनाको मृत्यु

जोर्डनको ऐतिहासिक शहरमा भएको हमलामा परि १४ जनाको मृत्यु

  • सोमवार, पुस ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

एजेन्सी पुस ४ ।
जोर्डनको ऐतिहासिक शहर कारकमा बन्दुकधारीको आक्रमणमा १० जनाको मृत्यु भएको छ । घटनामा २७ जना घाइते भएका छन् ।

बन्दुकधारीको आक्रमणमा परि ज्यान जानेमा एक जना क्यानडियन पर्यटक र कम्तिमा चार जना प्रहरी अधिकारी रहेको अन्तराष्टिय सञ्चार माध्यमले जनाएका छन् ।

प्रहरीको जवाफी कारवाहीमा चार जना आक्रमणकारी पनि मारिएका छन् । जवाफी कारवाहीमा मारिएका आक्रमणकारीसँग विस्फोटक पदार्थ, हतियार तथा आत्मघाती बेल्ट रहेको सुरक्षाकर्मीले बताएका छन् ।

बन्दुकधारीले कारकको प्राचीन किल्ला क्रुसेडर्स कासलमा अन्धा धुन्ध आक्रमण गरेका हुन् । किल्लामा फसेका पर्यटकलाई सुरक्षित रुपमा बाहिर निकालिएको विविसीले जनाएको छ । अहिलेसम्म आक्रमणको जिम्मेवारी कसैले पनि लिएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी