प्रेस स्वतन्त्रताको माग गर्दै पोल्याण्डमा प्रदर्शन

प्रेस स्वतन्त्रताको माग गर्दै पोल्याण्डमा प्रदर्शन

  • आइतवार, पुस ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

एजेन्सी ,३ मंसिर ।
प्रेस स्वतन्त्रताको माग गर्दै पोल्याण्डको राजधानी वार्सामा पुन प्रदर्शन शुरु भएको छ । संसदीय गतिविधिको रिपोर्टिङमा सीमित पत्रकारलाई अनुमति दिने सरकारी योजनाविरुद्ध प्रदर्शन सुरु भएको छ ।

राष्ट्रपतीय भवनमा जम्मा भएका प्रदर्शनकारी संसद भवनतर्फ अगाडि बढेका थिए । संसदभित्र पनि विपक्षी सांसदहरुले शुक्रबारदेखि विरोध गरिरहेका छन् ।

पोलिस प्रधानमन्त्री वियटा ज्योड्लोले टेलिभिजन सम्बोधनमार्फत विपक्षी सांसदको कदम निन्दनीय भएको भन्दै अरुको विचारको पनि सम्मान गर्नु पर्नेमा जोड दिनुभयो ।

पोलिस सरकारले सीमित पत्रकारलाई मात्र संसदीय गतिविधिको रिपोर्टिङ गर्न दिने योजना अगाडि सारेको छ । तर विपक्षी सांसदहरुले भने सरकारले प्रेस स्वतन्त्रतामाथि दमन गर्ने प्रयास गरेको आरोप लगाएका छन् ।

यूरोपियन परिषद्का अध्यक्ष एवं पूर्व पोलिस प्रधानमन्त्री डोनाल्ड टस्कले पोलिस सरकारको कदमको आलोचना गर्दै सञ्चारमाध्यममाथिको अंकुशले प्रजातन्त्र, तानाशाही व्यवस्थामा परिणत हुने बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी