चीनले कब्जामा लिएको ड्रोन फिर्ता गर्न अमेरीकाको औपचारीक आग्रह

चीनले कब्जामा लिएको ड्रोन फिर्ता गर्न अमेरीकाको औपचारीक आग्रह

  • शनिबार, पुस २, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

एजेन्सी ,पुष २ ।

अमेरिकाले दक्षिणी चीन समुन्द्रबाट नियन्त्रणमा लिएको आफ्नो अन्डरवाटर ड्रोन फिर्ता गरिदिन चीनलाई औपचारिक आग्रह गरेको छ ।

गत बिहीबार चीनले अमेरिकाको अन्डरवाटर ड्रोन दक्षिणी चीनको सागरबाट नियन्त्रणमा लिएको थियो ।

सर्वेक्षण प्रयोजनको अमेरिकी यूएसएनएस बोडिच ड्रोन पानी जहाजको खोजीमा रहेको बेला चिनियाँ जल सेनाले नियन्त्रणमा लिएको अमेरीकी रक्षा मन्त्रालय पेन्टागनका प्रवत्ता क्याप्टेन जेफ डेविसले बताउनु भयो ।

ओसन ग्लाइडर नामक अन्डरवाटर ड्रोनले दिएको जानकारी पानीमुनिको सञ्जालको सीमांकनका लागि प्रयोग गरिने डेविसले बताउनुभयो ।

साथै सो ड्रोन पानीमा रहेको नुनिलोपना तथा तापक्रम पत्ता लगाउनका लागि प्रयोग गर्ने गरिएको थियो । मानवरहित अन्डरवाटर ड्रोन दक्षिणी चीन सागरमा वैध रुपमा सर्वेक्षणका लागि पठाएको र सो अमेरिकी सम्पत्ति भएकाले त्यसलाई हटाउन नपाइने अमेरिकाको आग्रह छ ।

यद्यपी चीनले यसबारेकेही प्रतिक्रिया दिएको छैन । चीन र अमेरीकाबीच पछिल्लो राष्ट्रपति निर्वाचनमा ट्रम्प आए पछि ताईवानी नेतासगँको टेलिफोन कुराकानी सहित विभिन्न विषयमा तनाव बढ्ने संकेत देखिएका बेला यो घटना भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी