पुष २ एजेन्सी । स्पेनमा बामपन्थी विद्यार्थी नेतृ रिटा मायेस्त्रेको नेतृत्वमा ५० जना जति महिलाहरुले चर्चमा महिलामाथिको विभेद र अधिकारको माग गर्दै टपलेस भएर प्रदर्शन गरेको विरोधमा परेको उजुरीमा अदालतले सफाई दिएको छ ।
उनीहरुले चर्चमा धार्मिक आस्थामा आच आउने र अपवित्र हुने गरी प्रदर्शन गरेको भन्दै अदालतमा मुद्धा हालिए पनि यसलाई अदालतले खारेज गरेको हो ।
अदालतले चर्चमा टपलेस भएर नारा लगाउने कदम अनुचित भए पनि अपवित्रताको कुनै गतिविधि नदेखिएको भन्दै खारेज गरेको हो । ५० जना जति महिलाहरुले मड्रिडमा कम्पुलतेसें विश्व विद्यालयको चर्चमा सामुहिक विरोध प्रदर्शन गर्दै चर्चको सर्वोच्च संस्था भ्याटिकन सिटीको पनि विरोध गरेका थिए । रिटाले अदालतको यो फैसला पछि खुसी व्यक्त गरेकी छन् ।
उनी २७ वर्षे युवा नेतृ हुन् । उनको नेतृत्वमा गत मार्चमा प्रदर्शन भएको थियो । जसलाई रुढीवादी शक्तिका पक्षधरहरुले विरोध गरेका थिए ।