निर्वाचनमा म रुसले गर्दा हारे : हिलेरी क्लिन्टन

निर्वाचनमा म रुसले गर्दा हारे : हिलेरी क्लिन्टन

  • शनिबार, पुस २, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

एजेन्सी पुष २ । अमेरीकी राष्ट्रपतिय निर्वाचनमा पराजीत डेमोक्रयाटीक उम्मेद्धार हिलेरी क्लिन्टनले रुसका कारण नै आफू पराजीत भएको दावी गर्नु भएको छ ।
आफ्नो चुनावी अभियानमा आर्थिक सहयोग गर्नेहरुलाई सवोधन गर्दै क्लिन्टनले पाच वर्ष पहिले आफूले रुसी संसदीय निर्वाचनमा धादलीको विषय उठाएको र त्यस क्रममा रुसी राष्ट्रपति पुटिन आफूसगँ व्यक्तिगत रुपले समेत रिसाएकाले उनैको संलग्नतामा साईबर हस्तक्षेप भएका कारण आफू पराजीत भएको दावी गर्नु भएको छ ।
यसै गरी रुसले हिलेरी क्लिन्टनका प्रमुख सहयोगीको ईमेल ह्याक गरेको पनि दावी गरिएको छ । रुसले यी सबै आरोपको खण्डन गर्दै आएको छ ।
तर अमेरीकी नवनिर्वाचीत राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसले हस्तक्षेप गरेको भन्नु गलत भएको भन्दै राजनीति गर्न खोजिएको बताउनु भयो ।
सिआईएले हस्तक्षेप भएको अनुमान गरे पनि सार्वजनिक रुपमा कुनै प्रमाण नरहेको बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी