एजेन्सी १ पौष ।
लामो समयदेखि विद्रोही पक्षको नियन्त्रणमा रहेको बीच सिरियाको एलेप्पो शहरमा फसेका करिब ३ हजारभन्दा बढी सर्वसाधारणलाई बाहिर निकालिएको छ ।
विद्रोहीको नियन्त्रणमा रहेको एलेप्पोमा फसेकाहरुलाई सुरक्षित रुपमा बाहिर निकालिएको अन्तर्रा्ष्ट्रिय रेडक्रसले जनाएको छ । बाँकी रहेका सर्वसधारणलाई पनि सुरक्षित रुपमा बाहिर निकाल्ने पहल भइरहेको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
रुसी सेनाको सहयोगमा सिरियाली सेनाले विद्रोहीको कब्जामा रहेका क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएपछि त्यहाँ फसेका सर्वसाधारणलाई निकालिएको हो ।
विद्रोही समुह इस्लामिक स्टेट आइएसले करिब चार वर्षदेखि एलेप्पो शहरलाई आफ्नो नियन्त्रणमा लिइ सर्वसाधारणलाई बन्धक बनाएका थिए ।
द्धन्द्धग्रस्त क्षेत्रबाट उद्धार गरिएका घाइते, सर्वसाधारण र लडाकुलाई इदलिब प्रान्तमा राखिएको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।