एजेन्सी, मंसिर ३० ।
सिरियाको पूर्वी एलेप्पो शहरका विद्रोहीको कब्जामा रहेको इलाकाबाट सर्वसाधारणलाई आजबाट बाहिर निकालिने भएको छ ।
द्वन्द्वग्रस्त क्षेत्रमा फसेकाहरुलाई बाहिर निकाल्न त्यहाँका विद्रोही सहमत भएको अन्तराष्टिय सञ्चार माध्यममले जनाएका छन् । कब्जामा परेका लडाकु र सर्वसाधारणलाई आजबाट बाहिर निकाल्ने विद्रोहीले बताएका हुन् ।
यसअघि गत मंगलबार भएको सम्झौता भने अर्थहीन भएको थियो । सम्झौता अनुसार विद्रोहीको कब्जामा रहेकाहरुलाई हिजो बाहिर निकाल्ने भनिएको थियो ।
तर सम्झौता लगत्तै युद्धविरामको अन्त्य भएपछि त्यो प्रयास सफल हुन भने सकेन । विद्रोही समूहले केहीघण्टामै फसेकाहरुलाई बाहिर निकाल्न सुरु गरिने जानकारी दिएको विविसीले जनाएको छ ।
सरकारी अधिकारीहरुले एलेप्पोमा कम्तिमा १५ हजार सर्वसाधारण बाहिर निकाल्ने अनुमति दिने बताएका छन् । तर विद्रोहीका एक प्रवक्ताले घाइतेहरुलाई मात्र बाहिर जान दिइने बताएका छन् ।