सिरियाको पूर्वी अलेप्पोमा जारी सैन्य कारवाही समाप्त

सिरियाको पूर्वी अलेप्पोमा जारी सैन्य कारवाही समाप्त

  • बुधबार, मंसिर २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

एजेन्सी २९ मंसिर ।  रुसले सिरियाको पूर्वी अलेप्पोमा लामो समयदेखि जारी सैन्य कारवाही समाप्त भएको घोषणा गरेको छ ।

संयुक्त राष्ट्रसंघका लागि रुसी राजदूत भिटाली चुर्किनले सिरियाका सरकारी सेनाले पूर्वी अलेप्पोमा आफ्नो नियन्त्रण कायम गरेको भन्दै त्यहाँ सैन्य कारवाही समाप्त भएको बताउनु भयो ।

राष्ट्रसंघीय सुरक्षा परिषद बैठकमा उहाँले आईएस लडाकुलाई त्यहाँबाट हट्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । चुर्किनले आईएस लडाकुले यस्तो सहमति निश्चित गरेको र उनीहरुसँगै सर्वसाधरणलाई पनि हट्न सुरक्षित मार्ग दिइने बताउनु भयो ।

विकसित पछिल्लो घटना क्रमसंगै अलेप्पोमा चार वर्ष यता चलेको भिषण संघर्ष अन्त्य हुने संकेत देखिएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यद्यपि, अधिकारवादीहरुले सर्वसाधारण र विपक्षीलाई उधृत गर्दै रुस र सिरियाली सेनाले त्यहाँ नरसंहार मच्चाएको आरोप लगाएका छन् । राष्ट्रसंघले नै रुस र सिरियाली सेनाले ८२ जना सर्वसाधारणको हत्या गरेको रिपोर्ट सार्वजनिक गरेको थियो ।

रुसले भने आरोपको खण्डन गर्दै आएको छ । सिरियाली संघर्षमा रुसले सरकारी सेनालाई हवाई आक्रमणबाट सघाइरहेको छ । लामो समयदेखि आईएसले पूर्वी अलेप्पो कब्जा जमाएर बसेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी