काठमाडौं, मंसिर २८ । सिरियाको पूर्वी अलेप्पोमा सरकारी सेनाले घर–घरमा पसेर सर्वसाधारणको हत्या गरेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
सिरियाका बिभिन्न चार स्थानमा घर भित्रै पसेर ८२ जना सर्वसाधारणको हत्या गरेको दर्बिलो प्रमाण आपुहरुसँग रहेको राष्ट्रसंघको मानवअधिकारसम्बन्धी कार्यालयले दाबी गरेको छ । अलेप्पोमा मानवता पूरै विलिन हुँदै गएको उसको भनाइ छ ।
यता, विगत चार वर्षदेखि पूर्वी अलेप्पो कब्जा जमाएर बसेको ‘आइएस’ अहिले पराजयको संघारमा छ ।
सरकारी सेनाको सशक्त कारबाहीका बाबजुद् पनि आइएसको नियन्त्रणमा रहेका केही भू–भागमा हजारौं मानिस घेराबन्दीमा परेको बताइएको छ ।
सिरिया र रुसलाई बमबारी रोकेर सर्वसाधरणलाई त्यहाँबाट निस्कने सुरक्षित मार्ग तयार पार्न राष्ट्रसंघ र रेडक्रसले आग्रह गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline