एजेन्सी मंसिर २७ ।
भेनेजुएला सरकारले ७२ घण्टा भित्र देशको सबैभन्दा ठूलो मूल्यको बैंक नोटलाई सिक्कामा बदल्ने घोषणा गरेको छ ।
भेनेजुएलामा १०० बोलिवरको बैंक नोटको मूल्यमा पछिल्लो समय गिरावट आएको थियो । अहिले एक सय बोलिवर बैंक नोटको मूल्य दुई अमेरिकी सेन्ट बराबर भएको छ ।
सरकारको यस फैसलाले तस्करी तथा खाद्य समस्याबाट छुटकार पाउने अनुमान गरिएको छ । राष्ट्रपति निकोलस मादुरोले नोट प्रतिवन्धले तस्कर गिरोहलाई पैसा ठेगान लगाउन समय नमिल्ने बताउनु भयो ।
गम्भीर आर्थिक तथा राजनीतिक संकटको सामना गरिरहेको भनेजुएलामा महँगी उच्च दरमा बढ्दा महँगीको दर विश्वको सवैभन्दा धेरै भएको छ ।
यस्तै भारतमा पनि प्रधानमन्त्री नेरन्द्र मोदीले गत महिना ५०० तथा १००० रुपैयाँको नोट बन्द गर्ने घोषणा गर्नु भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline