अमेरिकालाई एक चीन नीतिमा बाँधेर राख्न नहुने ट्रम्पको स्पष्टोक्ति

अमेरिकालाई एक चीन नीतिमा बाँधेर राख्न नहुने ट्रम्पको स्पष्टोक्ति

  • सोमवार, मंसिर २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

एजेन्सी,मंसिर २७।
नवनिर्वा्चित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू एक चीन नीतिमा बाँधिएर नबस्ने प्रष्ट पार्नु भएको छ । नवनिर्वाचित राष्टपति ट्रम्पले फक्स न्यूजसँगको कुराकानीमा यस्तो बताउनु भएको हो ।

चीनले आफ्नो हिस्सा मान्दै आएको ताइवानी राष्ट्रपतिसँग टेलिफोन वार्ता गरेकामा भइरहेको टिप्पणीप्रति ट्रम्पले अमेरिकालाई एक चीन नीतिमा बाँधेर राख्न नहुने प्रष्ट पार्नु भएको अन्तराष्टिय सञ्चार माध्यमले जनाएका छन् ।

उक्त फोन वार्ताप्रति चीनले यसअघि नै असन्तुष्टी जनाइसकेको छ । ट्रम्पको यस भनाइले चीन–अमेरिका सम्बन्धमा आगामी दिनमा कटूता आउनसक्ने बताइएको विविसीले जनाएको छ ।

ट्रम्पले चीनसँग नीति व्यापार लगायतका विषयमा मात्र आधारीत रहने बताउनु भएको छ । यद्यपि, अमेरिकाले सन् १९७९ देखि एक चीन नीति अन्तर्गत ताइवानलाई चीनकै हिस्सा मान्दै आएको छ ।

यस्तै नवनिर्वाचित राष्टपति ट्रम्पले निर्वाचन जित्न रुसी जासूसी संस्थाले सघाएको भन्ने अमेरिकी गुप्तचर निकाय सिआइएले लगाएको आरोपको पनि खण्डन गर्नु भएको छ ।
ट्रम्पले डेमोक्र्या्टिकले नोभेम्बरमा भएको हारको पीडा भुल्नका लागि सिआइएको मूल्यांकन सार्वजनिक गरेको बताउनु भएको हो । रुसी अधिकारीले भने सबै आरोप अस्वीकार गर्दै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी