एजेन्सी ।
श्रीमतिको बिमा लिएर प्रेमिसँग ऐस आराम गर्ने सोचका साथ एक चिकित्सकले आफ्नै श्रीमतिलाई इन्सुलिन दिएर हत्या गरेको आरोप लागेको छ ।
६३ वर्षीय डा. ब्रायन क्रिककिटले ६१ वर्षीय क्रिष्टिाईनको सिड्नीस्थित घरमा इन्सुलिन प्रयोग गरेर हत्या गरेको न्यु साउद वेल्स सुप्रिम कोर्टले जनाएको छ ।
हत्याअघि उनले इन्सुलिनको ओभरडोजबारे इन्टरनेटमा सर्चसमेत गरेका सुप्रिम कोर्टलाई उदृत गर्दै बिबिसीले जनाएको छ ।
डा क्रिककिटले पत्नीको विमा दाबी गर्न र नयाँ प्रेमिकासँगको सम्बन्ध निरन्तरा दिन हत्या गरेका थिए ।
डा.ले २००९ को डिसेम्बरको अन्तिम दिन वा २०१० को जनवरी १ मध्ये कुनै एक दिन पत्नीलाई इन्सुलिन दिएको हुन सक्ने अदालतले जनाएको छ ।
एक डायबिटिजका बिरामीको प्रेस्किृप्सनका आधारमा उनले इन्सुलिन प्राप्त गरेका थिए । पत्नीलाई अध्याधिक इन्सुलिन दिएर डा. प्रेमिकासँग रात बिताएका थिए ।
पत्नीप्रतिको घृणाभाव र नयाँ प्रेमिकासँगको सम्बन्धका कारण उनले ओभरडोज इन्सुलिन दिएर हत्या गरेको जनाईएको छ ।