एजेन्सी, मंसिर २६ ।
नाइजेरियाको दक्षिण पूर्वी शहरस्थित एक चर्चको छत खस्दा ६० जनाको मृत्यु भएको छ भने कयौं घाइते भएका छन् ।
चर्चमा भएको धार्मिक कार्यक्रममा ठूलो संख्यामा सर्वसाधारण सहभागी भइरहेका बेला छत एक्कासी खस्दा सो दुर्घटना भएको विविसीले जनाएको छ ।
घटनामा अझै केही पुरिएको आशंका गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । सो चर्च निर्माणाधीन अवस्थामा रहेको थियो ।
यस्तै नाइजेरियाका राष्ट्रपति मोहमद बुहारीले घटनाप्रति दुःख ब्यक्त गर्नु भएको छ । नाइजेरियामा बर्षेनी भवन भत्कँदा सयौंको मृत्यु हुने गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline