टर्कीको इस्तानबुलमा बम आक्रमण, १५ जना मारिए

टर्कीको इस्तानबुलमा बम आक्रमण, १५ जना मारिए

  • आइतवार, मंसिर २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

एजेन्सी २६ मंसिर ।  

टर्कीको इस्तानबुलमा प्रहरी अधिकारीलाई लक्षित गरी भएको दुई वटा विस्फोटमा कम्तिमा १५ जनाको मृत्यु भएको छ । विस्फोटनमा परी अन्य ६९ जना घाइते भएका छन् ।

राजधानी इस्तानबुलस्थित फुटबल रंगाशाला नजिक एक कार बम तथा एउटा आत्मघाती बम विस्फोट भएको अधिकारीले बताएका छन् ।

बम विस्फोटपछि गोली हानाहान भएको प्रत्येक्षदर्शीले बताएका छन् । बेसिक्टासको रंगशालामा खेल हेरेर दर्शक बाहिरिएको दुई घण्टापछि विस्फोट भएको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।

टर्कीका मूख्य शहरमा पछिल्लो समय आतंककारी आक्रमण बढ्दै गएको छ । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन । तर टर्कीमा पछिल्लो समय कुर्दिस बिद्रोही र इस्लामिक स्टेट आइएसले आक्रमण गर्ने गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी