एजेन्सी , मंसिर २५ ।
चुनावी प्रक्रियामा अनियमितता भएको भन्दै अफ्रिकी मुलुक द गाम्बियाका राष्ट्रपति याया जाम्मेले राष्ट्रपतीय निर्वाचनको नतिजा अस्वीकार गर्नुभएको छ ।
गत साता भएको निर्वाचन प्रक्रियामा अनियमितता भएको भन्दै जाम्मेले सरकारी टेलिभिजनमार्फत नतिजा अस्वीकार गर्नुभएको हो ।
सन् १९९४ मा ’कु’ गरेर सत्तामा पुगेका राष्ट्रपति जाम्मेले यही महिनाको पहिलो साता भएको चुनावमा आश्चर्यजनक हार ब्यहोर्नु भएको थियो ।
निर्वाचनमा राष्ट्रपतिका अर्का उम्मेद्वार याडमा ब्यारोले ४५ प्रतिशत भन्दा बढी मत प्राप्त गर्नुभएको थियो । यद्यपी जाम्मेले यसअघि मतपरिणाम स्वीकार्ने प्रतिक्रिया दिनुभएको थियो ।
२० लाख भन्दा कम जनसंख्या भएको गाम्बिया अफ्रिका महादेशको सबैभन्दा सानो मुलुक हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline