तनाब, चिन्ता हटाउन सामाजिक सन्जालको प्रयोग राम्रो

तनाब, चिन्ता हटाउन सामाजिक सन्जालको प्रयोग राम्रो

  • शुक्रबार, मंसिर २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

एजेन्सी, मंसिर २४ ।
मानसिक स्वास्थ्यका लागि सामाजिक सञ्जालको नियमित प्रयोग राम्रो हुने एक अध्ययनले देखाएको छ ।

युनिभर्सिटी अफ मेलवर्न र मोनास युनिभर्सिटीले आज सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा सामाजिक सञ्जालले एक–अर्कालाई सम्पर्कमा रहिरहन सहयोग गरेकाले मानसिक तनाब कम गराएको हुनसक्ने निश्कर्ष निकालिएको छ ।

नकारात्मक सन्देशहरु पनि लेखिने प्रत्यक्षरुपमा वार्ता गर्न नसक्नेका लागि पनि सामाजिक सञ्जालले राम्रो गरेको जनाइएको छ ।

अध्ययनको नेतृत्व गरेका मेलवर्न युनिभर्सिटीका पेग्गी केर्नले आज विज्ञप्ती जारी गरी आफूलाई मन परेका, रमाइलो र उत्तेजक लाग्ने सामग्रीहरु पनि छनोट गर्न पाइने भएकाले राम्रो व्यवहार निर्माणका लागि यो सहयोगी हुने बताउनु भएको छ । सामाजिक सञ्जालहरुमा नकारात्मक विचारहरुमात्रै नआउने भन्दै उहाले यसको दुरुपयोग भन्दा सदुपयोग गर्न जान्नु पर्ने बताउनु भएको छ ।

सामाजिक सञ्जाल र मानसिक स्वास्थ्यको अन्तरसम्बन्ध बुझ्नेक्रममा सामाजिक सञ्जालहरुको प्रयोगलाई कसरी राम्रो बनाउने र यसले मानसिक स्वास्थ्यमा कसरी सहयोग गर्ला भन्नेबारेमा पनि अध्ययन गरिएको सो प्रतिवेदनमा भनिएको छ ।

मोनास युनिभर्सिटीका अनुसन्धानकर्ता एलिजावेथ सिब्रुकले सामाजिक सञ्जालको प्रयोग भविश्यमा कस्तो होला र यसले मानिसको मानसिक स्वास्थ्य र समाजमा के–कस्तो प्रभाव पार्ला भन्ने बुझ्नका लागि अध्ययन गरिएको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी