एजेन्सी ,२४ मंसिर ।
दक्षिण कोरियाका राष्ट्रपति पार्क गियुन हाय पदमुक्त हुनुभएको छ । दक्षिण कोरियाली संसदले पार्क बिरुद्धको महाअभियोग प्रस्ताव पारित गरेसँगै उहा पदमुत्त हुनुभएको हो ।
संसदमा आज भएको मतदानमा २ सय ३४ मत महाअभियोगको पक्षमा र ५६ मत राष्ट्रपति पार्कको पक्षमा परेको थियो ।
राष्ट्रपतिकै दलका सांसदले पनि महाअभियोगका पक्षमा मतदान गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
महाअभियोग प्रस्ताव संसदबाट अनुमोदन भएसंगै राष्ट्रपति पार्कको संबैधानिक हैसियत समाप्त भएको छ । राष्ट्रपतिको सबै अधिकार स्वत प्रधानमन्त्री ह्वाङ क्यो आनमा स्थानान्तरण भएको त्यहाका संचारमाध्यमले जनाएका छन् ।
भ्रष्टाचार अभियोगमा राष्ट्रपति बिरुद्ध महाअभियोग प्रस्ताव पेश भएको थियो । प्रस्ताव पेश भएसंगै राजीनामाको माग गर्दै केहि सातायता हजारौं जनता सडकमा समेत उत्रिएका थिए ।
दक्षिण कोरियामा राष्ट्रपति माथि महाअभियोग प्रस्ताव पारित भएको यो पहिलो घटना हो ।