पूर्वी एलेप्पोमा जारी सैन्य कारबाही तत्कालका लागि स्थगित

पूर्वी एलेप्पोमा जारी सैन्य कारबाही तत्कालका लागि स्थगित

  • शुक्रबार, मंसिर २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

एजेन्सी,मंसिर २४।
सिरियाली सेनाले पूर्वी एलेप्पोमा जारी राखेको कारबाही तत्कालका लागि स्थगित गरेको छ । सिरियाली सेनाले युद्धग्रस्त क्षेत्रमा फसेका हजारौं सर्वसाधारणलाई सुरक्षित तरीकाले बाहिर निकाल्न तत्कालका लागि कारबाही अभियान स्थगित गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

रसियाका विदेशमन्त्री सर्गेई लावरोभले युद्धग्रस्त क्षेत्रमा फसेका कम्तिमा ८ हजार सर्वसाधारणलाई बाहिर निकाल्ने उद्देश्यले तत्कालका लागि आक्रमण रोकिएको बताउनु भयो ।

सिरियाली सरकारी सेनाले पछिल्लो केही हप्तादेखि पूर्वी एलेप्पोमा गरिरहेको आक्रमणका क्रममा त्यहाँका विद्रोहीले कब्जामा लिएको ७५ प्रतिशत भूभाग आफ्नो नियन्त्रणमा लिइसकेको जनाएको छ ।

रुसी सेनाको सहयोगमा एलेप्पोलाई आफ्नो नियन्त्रणमा लिन सिरियाली सेनाले लगातार कारबाही गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी