भारतीय सीमा नजिक ठूलो चीनीया सेनाको अभ्यास शुरु

भारतीय सीमा नजिक ठूलो चीनीया सेनाको अभ्यास शुरु

  • शुक्रबार, मंसिर २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

एजेन्सी मंसीर २४ । भारतको सीमा नजिक सिञ्जियागंमा चीनीया जनमुक्ति सेनाले बिशाल सैन्य अभ्यास शुरु गरेको छ ।
एउटै अभ्यासमा १० हजार भन्दा बढी सेना सहभागी रहेको पिपल्स डेलीले जनाएको छ । यस अभ्यासमा गोप्य सूचना केन्द्रीत गर्ने , प्रत्याक्रमण गर्ने जस्ता कुराहरु सामेल छन् ।
पाकिस्तानको समेत सिमाना पर्ने सो क्षेत्रको सात वटा पहाडी ईलाकामा चीनीया जनमुक्ति सेनाको अभ्यास शुरु भएको हो । भारत र पाकिस्तानबीच बढ्दो तनावका कारण पनि चीनको ठूलो अभ्यासको चर्चा भएको छ । उता दक्षिणी चीनीया सागरमा पनि चीनको नौसेनाले ठूलो अभ्यास गरेको थियो ।

भारतको विवादीत सिमा क्षेत्रमा भईरहेको यो सैन्य अभ्यासलाई भारतले चासोका साथ हेरिरहेको जनाएको छ । समुन्द्री सतह भन्दा ४ हजार मिटर उचाईमा अभ्यास भईरहेको जनाईएको छ ।
सैन्य जनशक्तिका हिशाबले विस्वकै ठूलो चीनीया सेनाले पछिल्लो समय अत्याधुनिक प्रविधिको विकास समेत गर्दै गएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी