एजेन्सी,मंसिर २३ ।
इराकमा भएको हवाई आक्रमणमा परी ६३ जना सर्वसाधारणको मृत्यु भएको छ । आक्रमणमा दर्जनौ मानिस घाइते भएका छन् ।
इस्लामिक स्टेटको कब्जामा रहेको अल कैम इलाकामा भएको हवाई आक्रमणमा गल्तीले उनीहरु मृत्यु भएको विविसीले जनाएको छ ।
मृत्यु हुनेमा १९ बालबालिका र १२ जना महिला रहेका छन् । अमेरिकी नेतृत्वको गठबन्धन सेना र इराकी एअर फोर्स दुबैले आक्रमण गरिरहने क्षेत्र भए पनि कसको आक्रमणमा उनीहरु मारिएका हुन् भन्ने यकिन नभएको अन्तराष्टिय सञ्चार माध्यमले जनाएका छन् ।
आईएसको मूख्यालय मानिएको एक मस्जिदलाई लक्ष्य गरी प्रहार गरिएको मिसाइल गल्तीले ब्यस्त बजारमा खसेको जनाइएको छ ।
आईएसले भने यसलाई नरसंहारको संज्ञा दिँदै एक सय २० जना मारिएको जनाएको छ । आक्रमणबाट बजार क्षेत्रका भवनहरुमा क्षति पुगेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline