एजेन्सी ,मंसिर २२ ।
इन्डोनेसियामा ६ दशमलव ४ रेक्टर स्केलको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या ९७ पुगेको छ ।
भूकम्पमा परी अरु १९० जना घाइते भएका छन् ।
इन्डोनेसियाको उत्तरी क्षेत्रको आचे प्रान्तमा स्थानीय समय अनुसार बिहान ५ बजेर ३ मिनेटमा ६ दशमलब ४ रेक्टर स्केलको भुकम्प गएको हो ।
भूकम्पको कारण सयौं घर भत्किएको र आधारभूत संरचनाहरु ध्वस्त भएको प्रान्तीय प्रकोप नियन्त्रण निकायका संकटकालीन समूहका प्रेस अधिकृत हेनी नुरमाइनीलाई उदृत गर्दै सिन्ह्वा समाचार समितिले जनाएको छ ।
भूकम्पबाट सबैभन्दा बढी पिडाइ जया जिल्लामा मानवीय र भौतिक क्षति पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।
कयौ मानिस भत्किएका संरचनामा फसेकाले मृतकको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ । भुकम्प पछि स्थानीयहरु घर बाहिर निस्कीएका छन् ।
सन् २००४ मा आचे प्रान्त मै गएको ९.२ रेक्टर स्केलको भूकम्प पछि सूनामी आएको थियो । भूकम्प र सुनामीका कारण १ लाख २० हजारबढीले ज्यान गुमाएका थिए ।