एजेन्सी २२ मंसिर ।
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ राष्ट्रपतिका लागि खरिदगर्ने भनिएको विमान खरिद प्रक्रिया रद्ध गर्न आग्रह गर्नुभएको छ ।
राष्ट्रपतिका लागि खरिद गर्न लागिएको दुई एयर फोर्स वन विमान विमानको मुल्य धेरै महँगो रहेकाले प्रक्रिया रद्ध गर्न ट्रमपले आग्रह गर्नुभएको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।
अमेरिकी सरकारले यसअघि नै नयाँ राष्ट्रपतिका लागि भन्दै दुई वटा नयाँ एयर फोर्स विमान बनाउन बोइङ कम्पनीलाई आदेश दिइसकेको छ ।
उक्त विमान सन् २०२४ तिर प्रयोगमा आउने बताइएको छ । ट्रम्पले ट्वीट गर्दै आफ्नो धारणा सार्वजनिक गरे लगत्तै बोइङको शेयरमा एक प्रतिशतले गिरावट आएको छ ।
राष्ट्रपतिका रुपमा बोइङसँगको उक्त सम्झौता रद्द गर्ने अधिकार ट्रम्पसँग रहेपनि त्यो वापत ठूलो रकम गुमाउनुपर्ने पनि जनाइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline