एजेन्सी,मंसिर २१ ।
सिरियाको द्वन्द्वग्रस्त शहर एलेप्पोमा एक हप्ता युद्धविराम गर्ने संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को ड्राफ्ट प्रस्ताव विरुद्ध रुस र चीनले भिटो प्रयोग गरेका छन् ।
परम्परागत रुपमा प्रस्ताव मुल्यांकन गर्न दिइंदै आएको २४ घण्टाको समय पनि नदिएर परिषद्को नियम उल्लंघन गरेको रुसको भनाई छ ।
तर अमेरिकाले भने सिरियाली सेनाले हालैका दिनमा एलेप्पोमा हासिल गरेको सफलतालाई रुसले संरक्षण गर्न खोजेको आरोप लगाएको विविसीले उल्लेख गरेको छ ।
रुसले सिरियाली राष्ट्रपति बशर अल असादलाई समर्थन गर्दै आईएसविरुद्ध हवाई आक्रमण गरेको छ भने अमेरिकाले असाद विरुद्ध सक्रिय मध्यपन्थी विद्रोहीलाई सहयोग गरिरहेको छ ।
सिरियाली सेनाले आईएसको कब्जामा रहेको पूर्वी एलेप्पोको ७० प्रतिशत भूभागमाथि फेरि नियन्त्रण कायम गरेको बताइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline