भारत तमिलनाडुकी मुख्य मन्त्री जयललिताको निधन, सात दिनसम्म शोक घोषणा

भारत तमिलनाडुकी मुख्य मन्त्री जयललिताको निधन, सात दिनसम्म शोक घोषणा

  • मङ्लबार, मंसिर २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

एजेन्सी मंसिर २१।
भारत तमिलनाडुकी मुख्य मन्त्री जयललिताको ६८ वर्षको उमेरमा निधन भएको छ । उहाँको गएराति पौने १२ बजे चेन्नईको अपोलो अस्पतालमा निधन भएको अस्पतालले जनाएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि गत सेप्टेम्बर २२ तारिखमा अस्पताल भर्ना गरिएको मन्त्री जयललितालाई आइतबार विहान हृदयघात भएपछि आइसियुमा राखेर उपचार थालिएको थियो ।

उहाँको निधनमा राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदीलगायत भारतका बिभिन्न दलका नेताले शोक ब्यक्त गरेका छन् । पार्थिव शरीर उहाँको निवास पोयस गार्डेन लग्दा सडक वरपरका सर्वसाधारणमा रुवाबासी चलेको छ ।
उहाँको पार्थिव शरीर राजाजी हलमा साँझसम्म अन्तिम श्रद्धान्जलीका लागि राखिने र त्यसपछि अन्त्येष्टी गरिने अन्तराष्टिय सञ्चार माध्यमले जनाएका छन् । उहाँको निधनप्रति राज्यमा सात दिनसम्म शोक घोषणा गरिएको छ भने सरकारी भवनहरुका झण्डा आधा झुकाइएको छ ।

यसैबीच तमीलनाडुको मूख्यमन्त्रीमा ओ पनिरसेल्वमलाई मूख्यमन्त्री चयन गरिएको छ । जयललिताको सहयोगीका रुपमा क्रियाशील पनिरसेल्वमले पद तथा गोपनियताको शपथ लिइसक्नु भएको छ ।

यस्तै सन् १९८२ मा राजनीतिमा प्रवेश गर्नुभएको जयललिताले ८ पटक विधानसभा तथा एक पटक राज्यसभाको चुनाव लड्नु भएको थियो । ५ पटक सम्म तामिलनाडुको मुख्यमन्त्री बन्नुभएको जयललिताले एक सय ४० वटा चलचित्रमा अभिनय पनि गर्नु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी