श्रीमतीको आग्रहपछि न्युजिल्याण्डका प्रधानमन्त्रीद्धारा पदबाट राजिनामा दिने घोषणा

श्रीमतीको आग्रहपछि न्युजिल्याण्डका प्रधानमन्त्रीद्धारा पदबाट राजिनामा दिने घोषणा

  • सोमवार, मंसिर २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

एजेन्सी २० मंसिर ।  

न्युजिल्याण्डका प्रधानमन्त्री जोन कीले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । ८ वर्षदेखि न्युजिल्याण्डको प्रधानमन्त्री रहनु भएका कीले कीले श्रीमतीको आग्रहमा राजीनामा दिने घोषणा गर्नुभएको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।

राजीनामाको निर्णय आफ्नो जीवनको सबैभन्दा कठिन निर्णय रहेको प्रधानमन्त्री कीले बताउनुभएको छ । कीको राजिनामापछि अब बिल इंग्लिस न्युजिल्याण्डको प्रधानमन्त्री बन्ने सम्भावना रहेको छ ।

की सन् २०१४ को सेप्टेम्बरमा तेस्रो कार्यकालका लागि प्रधामन्त्री बन्नुभएको थियो । उहाँले आफू प्रधानमन्त्री हुँदाको मूल्य आफ्ना सन्तानले चुकाउनु परेको बताउनु भएको छ ।

साप्ताहिक रुपमा हुने पत्रकार सम्मेलनका क्रममा प्रधानमन्त्री कीले पारिवारिक कारणले राजीनामा दिन लागेको जनाउदै आगामी डिसम्बर १२ मा औपचारिक रुपमा राजीनामा आउने बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी