बेइजिङ, मंसिर १७ । चीनको मध्यप्रान्त हुबेइको इझौउबाट वहानतर्फ गइरहेको मिािबस ताल खस्दा कम्तीमा १८ जनाको मृत्यु भएको छ ।
करिब २० यात्री सवार रहेका उक्त मिनिबस इझौउको केहि पर रहेको एक तालमा खसेर दुर्घटना भएको सीसीटीभीले जानकारी दिएको छ ।
सडक–किनारमा रहेको तालबाट दुर्घटनाग्रस्त मिनिबस निकालेको सीसीटीभीले दृष्य देखाएको छ । दुर्घटनाग्रस्त सो बसका चालकलाई भने गिरफ्तार गरिएको जनाइएको छ ।
चीनमासन् २०१३ मा भएका सडक दुर्घटनाहरुमा दुई लाख ६० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
तर, यो संख्या सरकारी तथ्यांकभन्दा असाधारणरुपमा बढी भएको सरकारी तथ्यांक विभागका अधिकारीले बताएका थिए । गत वर्ष भएका सडक दुर्घटनामा चीनमा ५८ हजार २२ व्यक्तिको मृत्यु भएको थियो ।
गत नोभेम्बर चीनको उत्तरी प्रान्त सान्सीमा भएको दुर्घटना १७ व्यक्तिको मृत्यु हुनाका साथै अरु ५६ ओटा सवारी–साधान क्षतिग्रस्त भएका भएका थिए ।
त्यसैगरी, चीनको उत्तरी सहर तिआन्जीनमा गत जुलाइमा भएको सडक दुर्घटनामा कम्तिमा १७ व्यक्तिको मृत्यु भएको छ ।