हाईटीमा हैजाको संक्रमण फैलनमा राष्ट्रसंघको भुमिका रहेको प्रति मुनले माफी मागे

हाईटीमा हैजाको संक्रमण फैलनमा राष्ट्रसंघको भुमिका रहेको प्रति मुनले माफी मागे

  • शुक्रबार, मंसिर १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

एजेन्सी ,मंसिर १७।
संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले हाईटीमा हैजाको संक्रमण फैलनमा राष्ट्रसंघको भुमिका रहेको प्रति माफी माग्नुभएको छ ।

तीव्र रुपमा फैलिएको जीवाणुका कारण हाईटीमा झण्डै १० हजारको मृत्यु भएको थियो । आफ्नो कार्यकाल सकिन केही महिनामात्र बांकी रहंदा महासचिव वानले घटनाको ६ बर्षपछि संक्रमण रोक्न नसक्नु दुखद भएको बताउँदै राष्ट्रसंघको भुमिकाप्रति दुस्ख ब्यक्त गर्नुभएको हो ।

संक्रमण कहाँबाट हाईटी पुगेको हो भन्नेबारे भने वानले केही खुलाउनुभएको छैन । राष्ट्रसंघिय क्याम्पबाट निस्किएको ढलको पाईप मार्फत हैजाको प्रकोप फैलिएको प्रतिवेदन सार्वजनिक भएको थियो ।

लामो समय सम्म हैजाको संक्रमण फैलिनुमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको राष्ट्रसंघले गत अगष्ट महिनामा मात्रै स्वीकार गरेको हो ।

तर राष्ट्रसंघले आफ्नो कुटनीतिक सम्बन्धका आधारमा पीडित परिवारलाई क्षतिपुर्ति दिन बाध्य नरहेको बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी