इन्धन उत्पादन तथा निर्यातमा कटौती गर्ने ओपेकको निर्णय

इन्धन उत्पादन तथा निर्यातमा कटौती गर्ने ओपेकको निर्णय

  • बिहिबार, मंसिर १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

एजेन्सी ,१६ मंसिर ।

पेट्रोलियम पदार्थ निर्यात गर्ने मुलुकहरुको संगठन ओपेक इन्धन उत्पादन तथा निर्यातमा कटौती गर्न सहमत भएको छ ।

इन्धनको मुल्य सन्तुलित बनाउन ८ बर्षपछि पहिलो पटक ओपेकले इन्धन उत्पादनमा कटौती गर्न सहमती जनाएके हो ।

यो सहमतीसँगै अन्तर्रा्ष्ट्रिय बजारमा कच्चा तेलको मुल्य बढ्ने भएको छ । २ बर्षसम्म लगातार इन्धनको मुल्यमा गिरावट आएर हाल सन् २०१४ को भन्दा आधा मुल्य कायम भएपछि यस्तो निर्णय गरिएको ओपेकले जनाएको छ ।

आगामी जनवरीदेखि प्रत्येक दिन १२ लाख व्यारेल इन्धन कटौती गर्ने सहमति भएको ओपेकका अध्यक्ष मोहम्मद बिन सलेह अल–सदाले बताउनुभयो ।

बजारमा आपूर्ती बढेकाले तेलको मुल्य घटेको ओपेकको भनाई छ । इन्धनको मुल्य घटेपछि तेल निर्यात गर्ने मुलुकहरुको अर्थतन्त्रमा ठूलो धक्का पुगेको छ ।

ओपेकमा आवद्ध मुलुकहरु इरान, इराक, कुवेत, साउदी अरब र भेनेजुएलाले इन्धन उत्पादनमा कटौती गरेपछि अन्य तेल उत्पादन गर्ने मुलुकहरुले पनि इन्धन उत्पादन प्रत्येक दिन ६ लाख व्यारेलले घटाएको बीबीसीले उल्लेख गरेको छ । अन्तर्रा्ष्ट्रिय बजारमा कच्चा तेलको मुल्य आज सामान्य घटेर प्रतिव्यारेल ४९ डलरको हाराहारीमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी