कोलम्बियाको मेडेलिनमा जहाज दुर्घटनाहुदा ७६ को मृत्यु

कोलम्बियाको मेडेलिनमा जहाज दुर्घटनाहुदा ७६ को मृत्यु

  • मङ्लबार, मंसिर १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

एजेन्सी ,१४ मंसिर ।

ब्राजिली फुटबल खेलाडी सहित ८१ जना सवार विमान दुर्घटना हुँदा कम्तिमा ७६ जनाको मृत्यु भएको छ । ५ जनाको जीवितै उद्दार गरिएको छ । बोलिभियाबाट कोलम्बियाको मेडेलिन शहरतर्फ जादै गरेको बिमान पहाडी क्षेत्रमा दुर्घटनामा परेको हो ।

बोलिभियाबाट कोलम्बियाको मेडेलिन शहरतर्फ जादै गरेको बिमानमा पत्रकार, खेल अधिकारी तथा अन्य केही व्यक्ति समेत सवार रहेको बताइएको छ ।

अन्यको खोजी तथा उद्दारकार्य जारी रहेपनि मौसमी प्रतिकूलताका कारण केही कठिनाई भएको अधिकारीहरुले जनाएका छन् ।
ब्रजिलियन फुटवल क्लव चापेकोएन्सका खेलाडी तथा सदस्यका लागि चाटर्ड गरिएको विमान दुर्घटना भएको हो ।
दक्षिण अमेरिकी क्लब फुटबलको दोस्रो ठूलो प्रतियोगिता कोपा सुडामेरिकानाको फाइनल प्रतियोगिताका लागि सो टोली कोलम्बियाको मेडेलिन जाने क्रममा थियो ।
विमानले अन्तिम पटक विद्युतीय खराबी आएको जानकारी नियन्त्रण कक्षलाई गराएको विमानस्थलद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी