निर्वाचनमा अवैध मत खसेको छैन ः ह्वाइट हाउस

निर्वाचनमा अवैध मत खसेको छैन ः ह्वाइट हाउस

  • मङ्लबार, मंसिर १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

एजेन्सी मंसिर १४।
अमेरिकामा गत नोभेम्बर ८ मा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा लाखौं अवैध मत खसेको भन्ने कुरामा कुनै सत्यता नभएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ ।

नवनिर्वाचित राष्टपति डोनाल्ड ट्रम्पले दशौं लाख अवैध मतदाताले भोट हालेकाले आफू पपुलर मतमा पछि गरेको आरोप लगाउनु भएको थियो । ट्रम्पले प्रतिस्पर्धी डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनले जितेको भर्र्जि्निया, न्यू ह्याम्सायर र क्यालिफोर्नियामा गम्भीर धाँधली भएको आरोप लगाउनु भएको अन्तराष्टिय सञ्चार माध्यमले जनाएका छन् ।

ह्वाइट हाउसका प्रेस सचिव जोस अर्नेस्टले भने ट्रम्पको आरोप निराधार रहेको भन्दै खारेज गुर्नभएको छ । साथै उहाँले ट्रम्पको टिमलाई निराधार आरोप नलाउन आग्रह पनि गर्नुभएको छ । प्राप्त प्रमाणका आधारमा ट्रम्पले भने जस्तो अवैध मतदाताले भोट हालेको अवस्था नरहेको उहाँको भनाई छ ।

ट्रम्पले सबै महत्वपूर्ण इलेक्टोरल मतमा जित हासिल गरेका थिए । क्लिन्टनले विस्कन्सीनमा पुनः मतगणना गर्ने ग्रिन पार्टीकी उम्मेदवारको मागलाई समर्थन गरेपछि ट्रम्पको यस्तो भनाई सार्वजनिक भएको हो ।

ट्रम्पभन्दा क्लिन्टनले २० लाख बढी पपुलर मत पाउनु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी