पाकिस्तानको नयाँ सेना प्रमुखमा वाज्वा नियुक्त

पाकिस्तानको नयाँ सेना प्रमुखमा वाज्वा नियुक्त

  • शनिबार, मंसिर ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

एजेन्सी मंसीर ११ । पाकिस्तानको नया प्रधान सेनापतिमा बलोच रेजिमेन्टका लेफ्टििनेन्ट जनरल क्वमार जाभेद वाज्वा नियुक्त हुनु भएको छ ।
भारतसगँको सम्भावित युद्धको परिस्थितिका कारण वर्तमान सेनापति राहिल सारिफ सेवा निवृत भएकाले नया प्रधानसेनापति को बन्ने भन्ने चासोका बीच वाज्वा नियुक्त हुनु भएको हो ।
अहिलेका सफल मानिएका सेनापति राफिलको भव्य विदाई समेत भएको छ । उनले सरकार र जनताको मन जीत्दै देशको सुरक्षामा ठूलो भूमिका निर्वाह गरेको सञ्चारमाध्यमहरुको टिप्पणी छ ।
क्यारीयर ईन्फेन्ट्री अफिसरको रुपमा कार्यरत रहेका बाज्वाले सेनामा उच्च स्तरमा भूमिका निर्वाह गर्दै आएकाले प्रधानमन्त्री नवाज सरीफले चयन गरेको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।  यसै गरी जनरल जुवेर हायातलाई जोईन्ट चिफ अफ् स्टाफ्सको अध्यक्षमा बढुवा गरिएको छ ।
यस्तै अन्य दुई जर्नेलको पनि बढुवा भएको छ  । बाज्वा क्यानडा, अमेरीका र पाकिस्तानमा विभिन्न सैन्य कोर्स गरेका अनुभवि सैन्य अधिकारी मानिन्छन् ।
उनले सन् १९८० बाट बलोच रेजिमेन्टबाट सेवा शुरु गरेका थिए । बाज्वाले आगामी मंगलबारबाट कार्यभार सम्हाल्ने जनाईएको छ ।
पाकिस्तान आणविक शक्ति सम्पन्न विश्वकै छैठौ ठूलो सैन्य शक्ति राष्ट्र हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी