क्युवाका पूर्वराष्ट्रपति फिडेल क्याष्ट्रोको निधन

क्युवाका पूर्वराष्ट्रपति फिडेल क्याष्ट्रोको निधन

  • शनिबार, मंसिर ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

एजेन्सी ,११ मंसिर ।

क्युवाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोको ९० बर्षको उमेरमा आज निधन भएको छ ।
क्युवाको कम्युनिष्ट आन्दोलनका अगुवा क्याष्ट्रोको स्थानिय समय अनुसार राति साढे १० बजे निधन भएको अन्तराष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।

फिडेलका भाई राहुल क्यास्ट्रोलाई उदृत गदै क्युवाको सरकारी र राज्य टेलिभिजनले क्यास्ट्रोको मृत्युको औपचारिक जानकारी गराएको बिबिसिले जनाएको छ ।

उहाँ सन् १९५९ देखी १९७६ सम्म क्युवाको कार्यकारी प्रधानमन्त्री र ७६ पछि २००८ सम्म राष्ट्रपतिको रुपमा रहनुभएको थियो ।

क्युवालाई आधा शताब्दी नेतृत्व गर्नुभएका उहाँको क्युवालाई कम्युनिष्ट राज्यको रुपमा स्थापित गर्दा अमेरिका लगायत बिश्वका शक्तिसम्पन्न राष्ट्र र क्युवाकै बिपक्षी दलले ब्यापक आलोचना गरेका थिए ।

सन् १९५९ देखी २००८ सम्म क्युवालाई नेतृत्व दिनुभएका क्यास्ट्रो प्रधानमन्त्री बनेपछि अमेरिकाको कटु आलोचक बन्नुभएको थियो ।
आफ्नो स्वास्थ्यमा समस्या आएपछि भाई राहुल क्यास्ट्रोलाई जिम्मेबारी सुम्पदंै सक्रिय राजनितीबाट उहाले सन् २००८ मा बिदा लिनुभएको थियो । उहाँले गत अप्रिलमा कम्युनिष्ट पार्टीको सभालाई अन्तिम पटक सम्बोधन गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी