नाइजरियामा सेनाको कारबाहीमा परी १ सय ५०को मृत्यु

नाइजरियामा सेनाको कारबाहीमा परी १ सय ५०को मृत्यु

  • बिहिबार, मंसिर ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

एजेन्सी, मंसिर९।
नाइजरियामा सन् २०१५ पछि भएको प्रदर्शनका क्रममा सेनाले गरेको कारबाहीमा परी १ सय ५० जना प्रदर्शनकारीको मृत्यु भएको मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलले दाबी गरेको छ ।

शान्तिपूर्ण प्रदर्शनका क्रममा सेनाले बल प्रयोग गर्दा उनीहरुको मृत्यु भएको एमनेस्टीले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

बियफ्रा नामक समूहले नाइजेरियाबाट स्वतन्त्रताको माग गर्दै गत अगस्टदेखि थालेको प्रदर्शनका क्रममा सेनाले गोला बारुद प्रयोग गरेको दाबी एमनेस्टीको छ ।
तथ्यांक सार्वजनिक गर्नुपूर्व सो संस्थाले २ सय जना सर्वसाधारणसँग जानकारी लिएको अन्तराष्टिय सञ्चार माध्यमले जनाएका छन् ।

त्यसैगरी एमनेस्टीले एक सयभन्दा बढी फोटो र ८७ वटा भिडियोको अध्ययन गरी तथ्यांक तयार पारेको जनाएको छ ।
यद्यपी सेनाले भने एमनेस्टीको प्रतिवेदनप्रति आपत्ति प्रकट गरेको विविसीले जनाएको छ ।े शान्तिपूर्ण प्रदर्शन दबाउन कुनै बल प्रयोग नगरेको सेनाको दाबी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी