ईरानलाई १०० भन्दा बढी विमान बिक्री गर्न एयरबसलाई अनुमति

ईरानलाई १०० भन्दा बढी विमान बिक्री गर्न एयरबसलाई अनुमति

  • बुधबार, मंसिर ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

वासिंटन, मंसिर ८ ।
अमेरिकी सरकारले ईरानलाई एक सयभन्दा बढी विमान बिक्री गर्नका लागि विमान निर्माता कम्पनी एयरबसलाई अनुमति दिएको छ ।

फ्रान्सस्थित विमान निर्माता कम्पनी एयरबसले अमेरिकाबाट ईरानलाई विमान बिक्रीका लागि अनुमति पाएको पुष्टि गरेको छ ।

विमानको १० प्रतिशत हिस्सा अमेरिकामा निर्माण हुने भएकाले एयरबसले विमान बिक्रीका लागि अमेरिकाको अनुमति लिनुपर्ने अन्तराष्टिय सञ्चार माध्यममले जनाएका छन् ।

यद्यपि कम्पनीले कति संख्यामा विमान बिक्रीका लागि अनुमति पाएको हो भन्ने नखुलाइए पनी सो संख्या एक सयभन्दा बढी नै रहेको अधिकारीहरुले बताएका छन् ।

ईरानमाथिको प्रतिबन्ध हटाइएका कारण विमान बिक्रीका लागि एयरबसले अनुमति पाएको हो । ईरानले परमाणु कार्यक्रम सीमित गर्ने प्रतिबद्धता जनाएसँगै अन्तर्रा्ष्ट्रिय प्रतिबन्ध खुकुलो बनाइएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी