रुसको समुन्द्री सैतान जसले अमेरीकाको होस् उडाएको थियो …

रुसको समुन्द्री सैतान जसले अमेरीकाको होस् उडाएको थियो …

  • आइतवार, मंसिर ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

एजेन्सी मंसीर ५ । रुस विश्वमै हतियार प्रविधि र आणविक शक्तिमा अव्वल मानिन्छ । विश्वमा अमेरीकालाई चूनौती दिने एक मात्र राष्ट्र रुस थियो र छ ।
रुसले अमेरीकी नेतृत्वको नेटोको संभाव्य आक्रमणको प्रतिवादका लागि आफूले यस्तो अनौठो र शक्तिशाली हतियार निर्माण गरेको छ कि यसले संसारलाई चकित बनाएको छ ।
हालै रुसी सेनाले मस्कोमा आयोजना गरिएको अन्तराष्ट्रिय सैन्य हतियार तथा प्रविधि फोरम २०१६ मा ११ हजार भन्दा बढी अत्याधुनिक हतियारहरु प्रदर्शन गर्यो । जसमा रोबोर्ट किलर समेत सामिल थियो । रुसले सन् १९८० मा अमेरीकी गुप्तचार निकायले स्याटेलाईटबाट रुसले १९७५ मा बनाएको सि मन्सटर अर्थात समुन्द्री सैतान तैनाथ गरेको फोटो पत्ता लगाए पछि अमेरीका सहित यसको नेटो गठबन्धन चकित भएको थियो ।
रुसले अमेरीका, बेलायत सहित नेटोको प्रतिवादका लागि तैनाथ गरेको यो जहाजबाट नेटो त्रसित भएको थियो । यो सैतानलाई यसरी डिजाईन गरिएको थियो कि पानीमा यो कुनै पनि अवस्थामा डुब्दैन थियो । यो २ सय देखि २ सय ५० किलो मिटर टाढा सम्म प्रतिघण्टा दौडन सक्थ्यो ।
एक सय मिटर लामो यो जहाजको तौल ५ सय ४४ टन थियो ।
यो १९७५ बनेको थियो र सोवियत मरिनलाई २ वर्ष पछि हस्तान्तरण गरिएको थियो ।  क्यास्पीयन सागरमा तैनाथ गरिएको यो युद्धपोतको बारेमा अन्य देशले तीन वर्ष सम्म कुनै जानकारी पाएका थिएनन् । आणविक क्षेप्यास्त्र तैनाथ गरिएको यो पोतले अन्य युद्धक जहाजलाई आवस्यक लजिस्टीक समेत पुर्याउने गर्दथ्यो ।
यसको स्पीृड यति थियो कि राडारले समेत पत्ता लगाउन कठिन थियो । यसले बोकेको क्षेप्यास्त्रले ३ सय किलो मिटर सम्म सटिन निशाना लगाएर शत्रुको क्षेत्रलाई तहस नहस पार्न सक्थ्यो ।  १९९१ मा सोभियत संघको विघटन पछि यसलाई रुसले आधुनिकीकर गरेर तैनाथ गरेको छ ।

rusi-saitan-2

rusi-saitan-3

rusi-saitan-4

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी