पाकिस्तानले भारतमाथि परमाणु हमला गर्ने खतरा बढ्योः मेनन

पाकिस्तानले भारतमाथि परमाणु हमला गर्ने खतरा बढ्योः मेनन

  • आइतवार, मंसिर ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

एजेन्सी मंसीर ५ । भारतीय पूर्व विदेश सचिव राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेननले पाकिस्तानबाट भारतमाथि छोटो परमाणु हतियारबाट आक्रमण हुने खतरा बढेको बताउनु भएको छ ।
एउटा टेलिभिजनलाई दिईएको अन्तवार्तामा मेननले युद्ध क्षेत्रका कमाण्डरलाई छोटो परमाणु हतियार प्रयोगको अधिकार पाकिस्तानी सेनाले दिएको र ती अधिकारीहरु युवा एवं धार्मिक रुपले समेत प्रेरित रहेकाले यस्तो खतरा धेरै बढेको बताउनु भयो ।
साथै पाकिस्तानले परमाणु हतियार प्रयोग गरेमा भारतले त्यो भन्दा ठूलो परमाणु हतियारले जवाफ दिने भन्दै यसले आणविक युद्ध निम्त्याउन सक्ने चेतावनी समेत दिनु भयो ।
साथै उहाले केही दिन अघि भारतीय रक्षा मन्त्री परिर्कारले परमाणु हमला सम्म गर्न सक्ने चेतावनी पाकिस्तानलाई दिएको विषयको आलोचना गर्दै यसले भारतको हित नहुने बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी